२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

रौतहटमा ३५ सवारी साधनको यान्त्रिक परीक्षण, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको सक्रियता

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ७ गते १८:२०
Shares
रौतहटमा ३५ सवारी साधनको यान्त्रिक परीक्षण, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको सक्रियता

रौतहट : जिल्लामा ​सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले राजमार्गमा चल्ने सवारी साधनहरूको यान्त्रिक परीक्षण सुरु गरेको छ । शनिबार पूर्व-पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर-४ मा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय गौरको संयुक्त आयोजनामा ३५ वटा सार्वजनिक सवारी साधनको प्राविधिक जाँच गरिएको हो ।

​​यातायात व्यवस्था कार्यालय गौरका मेकानिकल सुपरभाइजर अनिष साह तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र थापा मगरको नेतृत्वमा खटिएको ७ जनाको प्राविधिक टोलीले उक्त परीक्षण गरेको थियो। परीक्षणका क्रममा विशेषगरी लामो दूरीमा चल्ने बस, ​ट्रक, ​टाटा सुमो, ईभी (विद्युतीय) गाडीहरूको अवस्था जाँच गरिएको थियो ।
​​
जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापा मगरका अनुसार परीक्षणका क्रममा प्राविधिक रूपमा समस्या देखिएका सवारी साधनका चालकहरूलाई तत्काल मर्मत तथा सर्भिसिङ्ग गर्न निर्देशन दिईएको छ  ।



मगरले भने, 'सवारी साधनको नियमित यान्त्रिक परीक्षण गराएर मात्र गुडाउँदा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ। यसले मानवीय र भौतिक क्षति कम गर्न ठूलो भूमिका खेल्छ । लामो गुड्ने सवारी साधनमा सानो प्राविधिक त्रुटि हुँदा पनि बीच बाटोमै गाडी बिग्रिने र यात्रुहरूले अनावश्यक दुःख झेल्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै यो अभियान चलाइएको हो ।' 

यान्त्रिक परीक्षणले गर्दा अकालमा हुने सडक दुर्घटना न्यूनीकरण हुने, ​बिच बाटोमा सवारी बिग्रिएर यात्रुले पाउने हैरानी हट्ने, सवारीको आयु बढ्ने र सुरक्षित यात्रा सुनिश्चित हुने, ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता परीक्षण कार्यलाई निरन्तरता दिने बताए । चालक तथा यातायात व्यवसायीहरूलाई आफ्नो सवारीको अवस्था दुरुस्त राखेर मात्र सडकमा निकाल्न प्रहरीले विशेष आग्रह समेत गरेको छ।

ताजा खबर

सम्बन्धित खबर