२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

अमेरिका-इजरायल-इरान आक्रमण : एयरलाइन्सहरूले गुमाए ५३ अर्ब बढी रकम 

shivam cement
२०८२ चैत ८ गते १२:४३
Shares
अमेरिका-इजरायल-इरान आक्रमण : एयरलाइन्सहरूले गुमाए ५३ अर्ब बढी रकम 

काठमाडौँ : अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेपछि एयरलाइन्सहरूले ५३अर्ब डलरभन्दा बढीको मूल्य गुमाएको बताएका छन् । इरान विरुद्ध अमेरिका-इजरायल युद्ध सुरु भएकाे आईतवार चाैथाे हप्ता प्रवेश गरेको छ ।

विश्वका २० ठूला सार्वजनिक रूपमा सूचीबद्ध एयरलाइन्सले लगभग ५३ अर्ब डलरको मूल्य गुमाएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । युद्धपछि धेरै एयरलाइन्सहरू मध्यपूर्वी देशहरूमा आफ्नो व्यावसायिक सञ्चालन बन्द गर्न बाध्य भएका छन् । युद्ध चौथो हप्तामा प्रवेश गर्दै गर्दा एयरलाइन्सका कार्यकारीहरूले सम्भावित इन्धन अभावको चेतावनी दिइरहेका छन् । इन्धनमा भएको मूल्य वृद्विले टिकटमा दाेब्बरले वृद्धि हुने सम्भावना बढाएको छ । 

यसअवधिमा इरानमा १,४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । २०४ जनाभन्दा बढी बालबालिका छन् । विश्वव्यापी ढुवानी र ऊर्जा पूर्वाधार जोखिममा पारेकाे छ भने मध्यपूर्वमा नेपाली सहित ठूलो संख्यामा रहेका आप्रवासी कामदार प्रभावित भएका छन् । करोडौं ईस्लाम धर्मावलम्बीले युद्धको छायाँमा ईद अल-फित्र र नउरोज मनाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर