२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

इरानलाई ट्रम्पको अन्तिम चेतावनीः ‘४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं’ 

shivam cement
२०८२ चैत ९ गते ११:०६
Shares
इरानलाई ट्रम्पको अन्तिम चेतावनीः ‘४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं’ 

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड इरानलाई सीधा सैन्य कारबाहीको चेतावनी दिँदै ४८ घण्टाको समयसीमा (अल्टिमेटम) दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानले विश्वव्यापी इन्धन आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलसन्धिमा लगाएको अवरोध नहटाए इरानका विद्युत उत्पादन केन्द्रहरू (पावर प्लान्ट) ध्वस्त पारिदिने घोषणा गरेका हुन् । 

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरानले हर्मुज जलसन्धिमा अवरोध सिर्जना गरेको छ । विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास यही मार्ग भएर आपूर्ति हुने गर्दछ । ट्रम्पको धम्की लगत्तै इरानको सेनाले पनि कडा प्रतिवाद गरेको छ । इरानी सेनाका प्रवक्ताले यदि अमेरिकाले पावर प्लान्टमा आक्रमण गरेमा इरानले हर्मुज जलसन्धिलाई ‘स्थायी रूपमा’ बन्द गरिदिने र क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाका तथा ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् । 

हर्मुज जलसन्धि बन्द भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलर पुगेको छ भने अमेरिकामा पेट्रोलको मूल्य चार वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । इरानको सबैभन्दा ठुलो पावर प्लान्ट ‘बुशेर आणविक ऊर्जा केन्द्र’ लाई ट्रम्पले निशाना बनाउन सक्ने अनुमान गरिएको छ । यद्यपि, मानव अधिकारवादी संस्थाहरूले नागरिक पूर्वाधारमा गरिने यस्तो आक्रमणले सर्वसाधारणमा ठुलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले हालै दक्षिण इजरायलमा गरेको मिसाइल आक्रमणको बदला लिने बताएका छन् । उक्त आक्रमणमा १०० भन्दा बढी मानिस घाइते भएका थिए ।   

सम्बन्धित खबर