२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण अवरुद्ध

ADV
पुर्ण कुमार
२०८१ साउन १९ गते २१:४५
पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण अवरुद्ध

डोल्पा : भेरी करिडोर सडकखण्ड अन्तर्गत जाजरकोट र रुकुम पश्चिमको छेपारेदेखि चिसापानी अन्तर्गत पर्ने रिठा भल्म भन्ने स्थानमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जाजरकोट–डोल्पा सडक खण्ड भित्रपर्ने उक्त ठाउँहरुमा सडक अवरुद्ध बनेपछि नेपालगञ्ज जाजरकोट हुँदै डोल्पातर्फ जाने र डोल्पा जाजरकोट हुँदै नेपालगञ्ज तर्फ जाने सवारी साधनको आवागमन ठप्प भएको छ । पहिरोले यात्रुहरुलाई पैदल हिँड्न समेत समस्या भएको छ । 

यहाँ मात्रै नभइ सडकखण्ड अन्तर्गत भित्र पर्ने नलगाड नगरपालिकाको दल्लीदेखि आठबिसकोट नगरपालिकाको राडी बजारसम्मको सडक समेत पूर्ण रूपमा बन्द भएको छ । सडक खण्ड खुलाउन नै समस्या भइरहेको भेरीकरिडोर कार्यालयले जानकारी दिएको छ । 

शुक्रबार साँझदेखि रुकुम पश्चिमको आठविसकोट नगरपालिका अन्तर्गत पर्ने रिठा भल्म र चिसापानी लगायतका खोलामा पहिरो खसेर सडक अवरुद्ध भएपछि आवागमन पूर्ण रुपमा बन्द भएको भेरिकरिडो कार्यालयका कार्यालय प्रमुख सुनिल रन्जितकारले मध्यान्हलाई बताए । 

दुई तीन ठाउँमा निर्माणाधीन सडक माथिबाट पहिरो सडकमा खसेकाले ठूला सवारी साधन लगायत मोटरसाइकल समेतको आवागमन बन्द भएको छ । अवरुद्ध सडकमा पहिरो हटाएर सडक खुलाउने काम भइरहेको प्रमुख रन्जितकारले जानकारी दिए ।

आफू सडक विभाग अन्तर्गतको सेमिनारमा काठमाडौंमा रहेको र सब इन्जिनियर  लगायतका प्राविधिको निगरानीमा अवरुद्घ सडक खुलाउने काम जारिरहेको समेत प्रमुख रन्जितकारले बताए ।

बर्खाको समयमा जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत ११८ किमी सडक खण्ड भित्र नै अहिले पहिरोले पूर्ण रूपमा बन्द भएको छ । उक्त सडकखण्ड स्तरोन्नती नहुँदा डोल्पाका नागरिकले दैनिक सास्ती खेपी रहेका छन् । यो ठाउँमा सडक अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर डोल्पालाई परेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise