२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

कतारमा भारी वर्षासहित असिना पर्न सक्ने

himalayanlife
तिलु शर्मा पौडेल
२०८२ चैत ११ गते २१:४१
Shares
कतारमा भारी वर्षासहित असिना पर्न सक्ने

दोहा कतार : कतारमा बिहीबार र शुक्रवार भारी वर्षा र मेघगर्जन हुने अनुमान गरिएको छ । कतार मौसम विज्ञान विभागले यस अवधिमा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार हावाहुरी, कम दृश्यताले गर्दै खुला क्षेत्रहरूमा बाटोहरू स्पष्ट नदेखिने समस्या आउन सक्ने जनाएको छ । 

विभागले केही भागमा असिना पर्न सक्ने समेत जनाएको छ । न्यून चापीय प्रणालीका कारण मौसम अस्थिर रहने र बादल लागी रहने हुन सक्ने बताउँदै विभागले मध्यमदेखि भारी वर्षा सम्म हुन सक्ने जनाएको छ। अहिले कतारको आकाशमा मेघ गर्जनको आवाज सुन्न सकिन्छ भने बिजुली चम्की गरिरहेको छ ।

यता कतारको गृह मन्त्रालयले ट्राफिक अलर्ट जारी गर्दै वर्षा र कम दृश्यता (बाटो स्पष्ट नदेखिने समस्या) भइरहेको जानकारी दिएको छ । मन्त्रालयले सुरक्षाका लागी सवारी चालकहरूलाई गाडी चलाउँदा विशेष सावधानी अपनाउन, सुरक्षाका उपायहरू पालना गर्न र सम्बन्धित निकायहरूको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर