२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

१८ अप्रिलसम्म साउदी छोड्न उर्दी

Nada
अन्जान गुभाजु
२०८२ चैत १२ गते ०६:१५
Shares
१८ अप्रिलसम्म साउदी छोड्न उर्दी

साउदी अरब : मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण समयमै स्वदेश फर्कन नपाएका नेपाली नागरिकलाई साउदी अरबस्थित जेद्दा महावाणिज्यदूतावासले १८ अप्रिलभित्र देश छाड्न अनुरोध गरेको छ ।

ncell

महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा प्राप्त गरिसकेपछि हवाई टिकट रद्द भएको, टिकट नपाएको वा अन्य कारणले २५ फेब्रुअरी २०२६ वा सोपछि एक्जिट भिसाको म्याद सकिएका विदेशी नागरिकहरूलाई १८ अप्रिल २०२६ भित्र साउदी अरब छोड्न साउदी सरकारले अनुरोध गरेको बताएको छ ।

निर्धारित समयसीमाभित्र साउदी अरब छोड्ने व्यक्तिलाई कुनै किसिमको जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको पनि सूचनामा उल्लेख छ ।

यही सन्दर्भमा महावाणिज्यदूतावासले म्याद सकिएको एक्जिट भिसाका बाबजुद विभिन्न कारणले साउदीमै बसिरहेका नेपाली नागरिकलाई तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा स्वदेश फर्कन आग्रह गरेको हो ।

मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण केही समय उडान तालिका प्रभावित हुँदा नेपालीहरू फर्कन समस्या भएको जनाउँदै दूतावासले सकेसम्म छिटो हवाई टिकटको व्यवस्था गरी निर्धारित मितिभित्र साउदी छोड्न र उक्त जानकारी अन्य नेपालीसमक्ष पनि पुर्‍याउन अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर