२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८२ चैत १२ गते १४:१५
Shares
क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–७ बस्ने गुल्मी, गुल्मी दरबार गाउँपालिका–४ घर भएका ४५ वर्षीय रबिन्द्र जंग रायमाझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

रबिन्द्रले क्रोएशिया पठाइदिन्छु भनी ३ जना पीडितहरूबाट ११ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

सम्बन्धित खबर