२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

आत्मरक्षाको अधिकार प्रयोग गर्ने अरब राष्ट्रहरूको उद्घोष

himalayanlife
तिलु शर्मा पौडेल
२०८२ चैत १२ गते १५:१४
Shares
आत्मरक्षाको अधिकार प्रयोग गर्ने अरब राष्ट्रहरूको उद्घोष

दोहा कतार : कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरब र जोर्डनले इरानद्वारा सञ्चालित र समर्थित सशस्त्र समूहहरूका आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । यी ६ अरब राष्ट्रहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै इरानी गतिविधिहरूले आफ्नो सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको ठहर गरेका छन् ।

विज्ञप्तिमा जनाइए अनुसार इरानले प्रत्यक्ष रूपमा वा आफ्ना 'प्रोक्सी' (प्रतिनिधि) र सशस्त्र समूहहरूमार्फत गरेका आक्रमणहरू संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत रहेको बताइएको छ । विशेषगरी, इराकको भूभाग प्रयोग गरी इरानप्रति वफादार सशस्त्र समूहहरूले यस क्षेत्रका विभिन्न राष्ट्र र पूर्वाधारहरूमाथि गरेका आक्रमणहरूको कडा आलोचना गरिएको छ ।

उक्त कार्यहरू संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव नम्बर २८१७ (२०२६) को स्पष्ट उल्लंघन भएको बताइएको छ । उक्त प्रस्तावले इरानलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्धका सबै प्रकारका आक्रमण वा धम्कीहरू तत्काल र विना सर्त बन्द गर्न स्पष्ट निर्देशन दिएको छ । ६ अरब राष्ट्रहरूले इराकसँगको भ्रातृ सम्बन्धलाई सम्मान गर्दै, इराकी सरकारलाई आफ्नो भूमिबाट छिमेकी देशहरूमाथि हुने आक्रमणहरू रोक्न कडा कदम चाल्न आह्वान गरेका छन् । क्षेत्रीय तनाव थप बढ्न नदिन र भ्रातृ सम्बन्ध कायम राख्न इराकी भूमिबाट सञ्चालित लडाकु र सशस्त्र समूहहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ ।

संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै, यी देशहरूले कुनै पनि आक्रमणको विरुद्धमा व्यक्तिगत वा सामूहिक रूपमा आत्मरक्षा गर्ने आफ्नो नैसर्गिक अधिकार रहेको पुनः स्पष्ट पारेका छन् । उनीहरूले आफ्नो राष्ट्रको सार्वभौमसत्ता, सुरक्षा र स्थिरता कायम राख्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने र कुनै पनि बाह्य हस्तक्षेप स्वीकार नगर्ने उद्घोष समेत गरेका छन् ।

विज्ञप्तिमा इरानप्रति बफादार 'स्लिपर सेल्स' (गुप्त समूह) र हिजबुल्लाहसँग जोडिएका आतंकवादी संगठनहरूको योजनालाई विफल पार्ने सुरक्षा निकाय र सशस्त्र बलहरूको उच्च प्रशंसा गरिएको छ । ती संगठनहरूले यस क्षेत्रको शान्ति बिथोल्न खोजेको भन्दै सुरक्षा संयन्त्रहरू सदैव 'सजग आँखा' बनेर सुरक्षामा खटिने समेत स्पष्ट पारिएको छ ।

ताजा खबर

सम्बन्धित खबर