२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कामै नगरी भुक्तानी !

ADV
२०८१ साउन २० गते ०६:४०
कामै नगरी भुक्तानी !

मनोज कुमार साह/मध्यान्ह 

रौतहट : स्थानीय तहमा अनियमितता हुने संख्या अधिक रहेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनसहित विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् । अनियमितताको प्रकृति भने फरक–फरक रहेको पाइन्छ । 

रौतहटको कटहरिया र फतुवा बिजयपुर नगरपालिकामा कामै नगरी भुक्तानी दिलाउने कार्य भएका दाबी स्थानीयले गरेका छन् ।

रौतहटको कटहरिया नगरपालिका र फतुवा बिजयपुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखापालको मिलोमत्तो रहेको आशंका स्थानीयको छ ।

कटहरिया नगरपालिकामा औषधि खरिद गर्न ७० लाख रुपैयाँ भुक्तानी भएको छ । कतिपयल यसमै आशंका गरेका छन् । गत असार महिनामा नगरपालिकाले औषधि खरिदको सबै प्रक्रिया पूरा गरी भुक्तानी दिइसकेको छ । 

कटहरिया नगरपालिका वाड नं. ४ का वडाध्यक्ष चन्दन कुशवाहालाई औषधि खरिदको भुक्तानी दिइएको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधानले औषधि खरिद गरी भुक्तानी दिइसकेको र औषधि जिन्सी शाखामा राखिएको बताएका छन् । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर राय यादव औषधि खरिदबारे कुनै जानकारी नरहेको बताउँछन् । 

यादव भन्छन्, ‘औषधि खरिदबारे मलाई कुनै जानकारी छैन तर फाइल रुजु गर्न दबाब आइरहेको छ ।’

जिन्सी शाखा प्रमुख सन्तोष साहले स्वास्थ्य शाखा प्रमुख यादवलाई फाइलमा हस्ताक्षर गर्न, जिन्सी शाखाबाट औषधि बुझेको भरपाइमा हस्ताक्षर आग्रह गरेको बताइन्छ ।

निलम्बित नगरप्रमुख अजयप्रकाश निकटका मानिसहरूले स्वास्थ्य शाखाप्रमुखलाई ७० लाखको औषधि खरिदको सम्पूर्ण प्रक्रिया मिलाउन भनेका छन् ।

निलम्बित नगरप्रमुखले नै साहलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिएका थिए । 

जिन्सी प्रमुख साह औषधि खरिद भएको, भुक्तानी दिइएको र औषधि स्वास्थ्यचौकीलाई वितरण गरिएको तथा केही गोदाममै रहेको बताए पनि कुन खरिदकर्तालाई भुक्तानी दिइएको हो भन्ने कुरा आफूलाई थाहा नभएको बताउँछन् । 

रौहतटका अन्य पालिकाहरुमा पनि यस्तो आशंका रहेको स्थानीयहरु बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise