२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

१५ वर्षीया सोनियाद्वारा दोस्रो अन्तर्राष्ट्रिय राइनो मुवा थाई प्रतियोगितामा ह्याट्रिक

Nada
२०८२ चैत १५ गते १२:४७
Shares
१५ वर्षीया सोनियाद्वारा दोस्रो अन्तर्राष्ट्रिय राइनो मुवा थाई प्रतियोगितामा ह्याट्रिक

नुवाकोट : नुवाकोटको म्यागङ्ग गाउँपालिका-६ की १५ वर्षीया सोनिया तामाङले दोस्रो अन्तर्राष्ट्रिय राइनो मुवा थाई प्रतियोगिता-२०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । प्रतियोगितामा उनले आयोजक टिमकी २३ वर्षीया खेलाडी सपना गुरुङलाई पराजित गर्दै लगातार तेस्रो पटक प्रथम स्थान जितेर ह्याट्रिक गर्न सफल भएकी हुन् ।

ncell

चितवन राइनोज मुवा थाईद्वारा आयोजना गरिएको उक्त प्रतियोगिता चैत १३ र १४ गते नारायणगढस्थित सिद्धार्थ होटलमा सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालका विभिन्न जिल्लासहित अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहेको थियो ।

सोनिया तामाङ हाल लायन मुवा थाई फाइट क्लबमा नियमित प्रशिक्षण लिइरहेकी छन् । कम उमेरमै मुवा थाई खेलमा उल्लेखनीय सफलता हासिल गर्दै आएकी उनी यही १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि सहभागी हुँदैछिन् ।

खेलकुद र अध्ययन दुवै क्षेत्रमा सक्रिय रहेकी सोनिया तामाङको उपलब्धिले नुवाकोटसहित स्थानीय खेलप्रेमीहरूमा खुसी थपिएको छ । स्थानीयवासी तथा खेलप्रेमीहरूले उनको सफलताको प्रशंसा गर्दै आगामी दिनमा अझ ठुलो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर