एजेन्सी : अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्ट्याएको छ ।
यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु गैरकानूनी हुनेछ । तर आदेशले राज्यहरुलाई गर्भपतन गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प भने दिएको छ ।
अदालतको पछिल्लो निर्णयबाट सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीको माग सम्बाेधन भएको छ । ‘रो विरुद्ध वेड’ मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ ।
सर्वोच्च अदालतमा यो निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश रहेका थिए । यो विषयलाई लिएर रिपब्लिकन र डेमाक्रेटिक पार्टीहरुको विचार फरक-फरक थियो । सन् १९८० सम्म यो मुद्दा त्यहाँको एक प्रमुख राजनीतिक विषय बनेको थियो । तर कानुनी रुपमा भने यो विषयले अहिले नयाँ आकार लिएको छ ।
फैसला आएपछि रिपब्लिकनहरुले खुसी मनाएका छन् भने डेमोक्र्याटहरु निराश भएका छन् । अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकारलाई स्पष्ट उल्लेख गरेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies