२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

निर्वाचित सरकारले प्रतिशोधपूर्ण गतिविधि नगरोस्ः अध्यक्ष शर्मा

Nada
२०८२ चैत १६ गते ११:०१
Shares
निर्वाचित सरकारले प्रतिशोधपूर्ण गतिविधि नगरोस्ः अध्यक्ष शर्मा

काठमाडौंः नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनैपनि गतिविधि नगर्न चेतावनी दिएकी छन्। पत्रकारहरू जहिले पनि ‘वाचडग’ को रूपमा रहने उल्लेख गर्दै उनले सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेको बताइन् । 

ncell

सोमवार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि बोल्द उनले यस्तो बताएकी हुन् । अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम कतैबाट भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसावले सशक्त रूपमा उभिने स्पष्ट पारिन् । शर्माले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एशोसिएशनसँगको सहकार्यमा महासंघ अगाडि बढ्ने पनि जानकारी दिइन् । कतिपय कानुनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानुनहरू आउन लागेकोमा उनले चिन्ता व्यक्त गरिन् । 

उनले सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानून ल्याउन आग्रह गरिन् । पत्रकारको श्रम अधिकारको विषयमा महासंघले कुनैपनि हालतमा ‘कम्प्रोमाइज’ नगर्ने उनले बताइन् । हाल धेरै मिडिया हाउसहरू आर्थिक रूपमा धराशायी भएको उल्लेख गर्दै उनले राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।

ताजा खबर

सम्बन्धित खबर