२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

चीन भ्रमणमा जानुअघि रवि लामिछानेसँग छलफल गर्दै रास्वपा टोली

Nada
२०८३ कार्तिक २७ गते १८:०३
Shares
चीन भ्रमणमा जानुअघि रवि लामिछानेसँग छलफल गर्दै रास्वपा टोली

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने भएको छ ।

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार शनिबार बिहान ९ बजे बूढानीलकण्ठस्थित लामिछाने निवासमा छलफल हुनेछ ।

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबार १० दिने चीन भ्रमणमा निस्कने तयारीमा छ । टोलीले यसअघि प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाहसँग पनि छलफल गरिसकेको छ। प्रधानमन्त्री शाहले भ्रमणलाई उपलब्धिमूलक बनाउन निर्देशन दिएका थिए ।

भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान गरिने उपनेता पराजुलीले जानकारी दिएका छन् ।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, सागर ढकाल, समीक्षा बास्कोटालगायत २० जना रहेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर