२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

सार्वजनिक बिदाका कारण दानबहादुर कार्कीको रिट सुनुवाइ स्थगित हुने

Nada
२०८३ कार्तिक २७ गते १७:५६
Shares
सार्वजनिक बिदाका कारण दानबहादुर कार्कीको रिट सुनुवाइ स्थगित हुने

काठमाडौं : छठ पर्वको समापनका अवसरमा सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित हुने भएको छ ।

सरकारले आईजीपी पदबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएपछि कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको थियो ।

तर, सरकारले सोही दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने भएका छन् । यससँगै उक्त दिनका लागि तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित हुने सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार स्थगित भएका मुद्दाको नयाँ पेसी अदालत खुलेपछि तोकिनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर