
कास्की : पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–५ जिरो किलो नजिक शुक्रबार दिउँसो करिब २ बजे लु ३ च ५२७४ नम्बरको रोकिराखेको जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो ।
दुर्घटनामा म्याग्दीको मंगला गाउँपालिका–९ का २१ वर्षीय विवेक दर्जी र रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा ज्यान गएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन र जिप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।