२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

बलात्कारको आरोपमा मुछिए ‘बले’

Nada
२०८२ चैत २० गते १२:१५
Shares
बलात्कारको आरोपमा मुछिए ‘बले’

काठमाडौं : कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको गम्भीर आरोप लागेको छ  । अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि जबर्जस्ती सम्बन्ध राखेकाे आराेप लगाएकी हुन् ।

ncell

पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी हुन् । 

एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ । आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले लेखेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कुरा गर्दै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, आफ्नै दाइझैँ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ । अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय आयो। मैले आफ्ना सबै पीडा, संघर्ष-रुँदै, बताउँदै, कति गाह्रो भइरहेको छ भनेर सुनाएँ। तर मलाई थाहा थिएन- जसलाई मैले दाइ मानेकी थिएँ, जसलाई हाम्रो परिवारले पनि आफ्नै मान्थ्यो, त्यो मान्छे वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ ।’

उनले आफूमाथि भएको दुर्व्यवहार परिवारलाई परिवारलाई भन्न डर लागेको समेत उल्लेख गरेकी छन् । आरोप लगाउने युवती फिल्मकर्मी परिवारकै सदस्य र स्वयं प्रतिभाशाली कलाकार हुन् । यस विषयमा लम्सालले कुनै प्रतिक्रिया दिएका छैनन् । 

uae

सम्बन्धित खबर