२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बीआईटी र बीसीए पठनपाठनका लागि महागढीमाई बहुमुखी क्याम्पस स्थापना हुने

ADV
राहुल गुप्ता
२०८१ साउन २० गते १५:३२
बीआईटी र बीसीए पठनपाठनका लागि महागढीमाई बहुमुखी क्याम्पस स्थापना हुने

बारा : बाराको महागढीमाई नगरपालिकामा बीआईटी र बीसीए पठनपाठनका लागि नयाँ बहुमुखी क्याम्पस स्थापना हुने भएको छ । सो क्याम्पसको नाम महागढीमाई बहुमुखी क्याम्पस रहने छ ।

महागढीमाई नगरपालिकाको सहकार्यमा राजर्षि जनक विश्वविद्यालय जनकपुरको सहयोगमा महागढीमाई नगरपालिकामा बीआईटी र बीसीएको पठनपाठन हुने महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।

महागढीमाई नगरपालिका वडा नं १ मा रहेको श्री गढीमाई बहुमुखी क्याम्पसको भवनमा बीआईटी र बीसीएको पठनपाठन गराउनका लागि राजर्षि जनक विश्वविद्यालय जनकपुर उपकुलपतिको कार्यालयबाट आएको अनुगमन समिति, श्री गढीमाई बहुमुखी क्याम्पस र महागढीमाई नगरपालिकाबीच नगरपालिकाको कार्यालयमा छलफल भएको थियो । सो क्रममा कक्षा सञ्चालन, व्यवस्थापन, नयाँ क्याम्पसको नामकरणबारे छलफल भएको थियो ।

बीआईटी र बीसीए पठनपाठनका लागि स्थापना गरिने क्याम्पसको नाम महागढीमाई बहुमुखी क्याम्पस रहने र यस क्षेत्रका विद्यार्थीहरुलाई बीआईटी र बिसीए पठनपाठन गर्नका लागि अन्यत्र जानु नपर्ने गरी चालु आर्थिक वर्षदेखि कक्षा सञ्चालन गरिने नगरप्रमुख यादवले बताए ।

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति कृष्ण यादवले विश्वकै प्रसिद्ध गढीमाई मन्दिर रहेको महागढीमाई नगरपालिका पर्यटकीय क्षेत्र भएको बताउँदै यस क्षेत्रलाई शिक्षाको हब बनाउन जरुरी रहेको बताए । तत्कालका लागि श्री गढीमाई बहुमुखी क्याम्पसको भवनमा नै बीआई टी र बीसीएका कक्षा सञ्चालन हुने र नगरपालिकाले जग्गा व्यवस्थापन गरेपछि महागढीमाई बहुमुखी क्याम्पस छुट्टै सञ्चालन हुने उपकुलपति यादवले बताए ।

राजर्षि जनक विश्वविद्यालयबाट अनुगमनमा भीसी अमर प्रसाद यादव, रजिस्ट्रार सत्यनारायण साह, व्यवस्थापन डिन विनोद साह, मानविकी कानून संकायका डिन नरेन्द्र कटुवाल ,कार्यकारी सदस्य अनिल कुमार साह राजवंशी, विश्वविद्यालय जनकपुर सभा सदस्य सुरेश कोइरीसहितको टोली आएका थिए । नगरपालिकामा भएको छलफलमा श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष विजय सुवर्णकार, उपाध्यक्ष जितेन्द्र गुप्ता, सदस्य कैलाश महतो कोइरी, क्याम्पसका प्र.अ ध्रबेन्द्र यादव, श्री गढीमाई महेन्द्र प्राविधिक विद्यालयका अध्यक्ष उपेन्द्र गुप्ता, शिक्षक नेजाबुल अन्सारी, दिनेश कुशवहालगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise