२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

धादिङमा माइक्रोमाथि पहिरो खस्यो

Nada
२०८१ साउन २१ गते १०:४२
Shares
धादिङमा माइक्रोमाथि पहिरो खस्यो

काठमाडौँ :  धादिङमा गुडिरहेको माइक्रो बसमाथि पहिरोसहित रुख खसेको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो । 

ncell

पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । उनीहरूको परिचय खुलिसकेको छैन ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा खबर

सम्बन्धित खबर