२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कालीगण्डकी करिडोरको नरसिङखोलामा मोटरेबल पुल

Nada
२०८१ साउन २१ गते ११:५४
Shares
कालीगण्डकी करिडोरको नरसिङखोलामा मोटरेबल पुल

म्याग्दी : चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

ncell

जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने सडकअन्तर्गतको नरसिङखोलाको ९० मिटर लामो मोटरेबल पुलमा यातायात सञ्चालन हुन थालेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले पुलमा सवारीसाधन सञ्चालन हुन थालेको जानकारी दिए ।

‘पहुँचमार्ग र पुुलमाथि अक्सफाल्ट कालोपत्र गर्ने काम बाँकी भए पनि मुख्य संरचना तयार भएकाले यातायात सञ्चालन गरिएको छ’, उनले भने,  ‘पुल सञ्चालन भएपछि बर्खामा नरसिङखोलामा जोखिम मोलेर सवारी आवतजावत गर्नुपर्ने समस्या हटाएका छौं ।’

नरसिङ र मार्फाखोलामा मोटरेबल पुल निर्माणका लागि २०७५ भदौ ६ गते हिमदुङ–ठोकर–इमाटोल जेभीले २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०७८ मा सकिनुपर्ने नरसिङ र मार्फाखोलाको पुल निर्माण व्यवसायीले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो ।

ताजा खबर

सम्बन्धित खबर