२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मंगलबारबाट मनसुन पुन: सक्रिय, ३५ जिल्ला ‘रेड जोन’मा

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १२:१४
मंगलबारबाट मनसुन पुन: सक्रिय, ३५ जिल्ला ‘रेड जोन’मा

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी २२ र २३ साउनमा देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको छ । मनसुन सक्रिय भएसँगै देशमा बाढी,पहिरोको जोखिम बढ्ने कुरालाई मध्येनजर गर्दै विभागले ३५ जिल्लालाई ‘रेड जोन’मा राखेको छ ।

विभागले ३५ जिल्लामा अत्यधिक पानी पर्न सक्ने भएकाले जोखिमको सम्भावना रहेको जानकारी दिएको छ । विभागका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन् ।

यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।

साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 


 

ADVADV

सम्बन्धित खबर

Advertise