२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’ 

ADV
रासस
२०८१ साउन २१ गते १४:५६
प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’ 

ढाका : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिने सम्भावना बढेको छ । 

देशमा अशान्ति बढ्दै जाँदा प्रधानमन्त्रीको राजिनामा आउने सम्भावना बढेको प्रधानमन्त्री हसिनाका वरिष्ठ सल्लाहकारले सोमबार एएफपीसँग बताएका हुन् । 

उनले भने, “राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठेपछि उनको राजीनामाको ‘सम्भावना’ रहेको बताएका हुन् ।”

“राजनीतिक अवस्था तरल बनेको छ । सम्भवतः उहाँले राजिनामा दिनुहुन्छ । तर यो कसरी हुन्छ मलाई थाहा छैन,” नाम नबताउने शर्तमा प्रधानमन्त्री निकट एक सहयोगीले भने । 

यसैबीच प्रधानमन्त्री हसिनाका छोराले सोमबार देशको सुरक्षा बललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी सन्देशमा कुनै पनि गैर–निर्बाचित समूहबाट हुनसक्ने सत्ता कब्जा रोक्न आग्रह गरेका छन् । 

हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका सजीब वाजेद जोयले फेसबुकमा लेखेका छन्, “हाम्रो कर्तव्य हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित राख्नु र संविधानको पालना गर्नु हो । यसको अर्थ कुनै पनि अनिर्वाचित सरकारलाई एक मिनेट पनि सत्तामा आउन नदिनुहोस्, यो तपाईंको कर्तव्य हो ।”
 

ADVADV

सम्बन्धित खबर

Advertise