२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ’

Nada
२०८१ साउन २१ गते १५:३०
Shares
‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ’

काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताएका छन् ।

ncell

प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुडीले ऐनको मस्यौदा स्वीकृतिका लागि चाँडै मन्त्रिपरिषद्मा लैजाने बताए । अहिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधनका लागि मस्यौदा तयार भएको र रायका लागि अर्थ मन्त्रालय पठाइएको उनले बताए । अर्थ मन्त्रालयको स्वीकृतिपछि त्यसलाई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइने उनको भनाइ छ । 

त्यस्तै, नेपाल बाल सङ्गठनको विधान निर्माणको प्रक्रिया अघि बढेको मन्त्री सुडीले बताए । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि निरोध एवम् रोकथाम, उद्धार तथा संरक्षण, कानूनी कारबाही, क्षमता अभिवृद्धि अनुगमन र मूल्याङ्कनको काम भइरहेको उनको भनाइ छ । त्यस्तै, विभिन्न निकायसँग समन्वय सहकार्य गरी मानव बेचबिखन रोकथामका लागि भइरहेको मन्त्री सुडीले बताए ।

ताजा खबर

सम्बन्धित खबर