२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १९:०५
मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उनले बताए ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै उनले नयाँ मिडियासहितले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिए । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्तरुपमा अवगत गराएको थियो ।

अध्यक्ष बस्नेतले युट्युवसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी दिए । अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद श्रृंखलाहरु काउन्सिलले थालेको उनले बताए ।

भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झबिन्द्र भुसाल सहभागी थिए । साथै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल पनि भेटमा सहभागी थिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise