२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेरिस ओलम्पिक : अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १२:०९
पेरिस ओलम्पिक : अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले  २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र आठ कास्यसहित ३३ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कास्यसहित कुल ४२ पदक जितेको छ ।  

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले १० स्वर्ण, पाँच रजत र ११ कास्यसहित २६ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र छ कास्यसहित कुल २५ पदक जितेको छ भने नेदरल्यान्डसले सात स्वर्ण, पाँच रजत र पाँच कास्यसहित कुल १७ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले सात स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १६ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise