२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १५:५८
नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौंः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताएका छन् ।

आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले भने, ‘स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ । संस्थालाई आवश्यक पर्ने अन्य ऐन मेरै कार्यकालमा पारित गर्नेगरी प्रयास गर्छु।’ उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए । 

मन्त्री चौधरीले सात सय ५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवामा चरित्र निर्माणमा मद्दत मिल्ने बताए । युवा तथा बालकालिकामा सामाजिक संस्कार र नैतिकता खस्किँदै गएकामा उनले चिन्ता व्यक्त गरे । स्काउटले प्राकृतिक विपत्तिका बेला गरेको सेवाको उनले प्रशंसा गरे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise