२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

‘मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति

Nada
२०८१ साउन २२ गते १६:५८
Shares
‘मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति

काठमाडौँ : सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।  साथै उनले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गरेका छन् । 

ncell

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’ का रूपमा नामकरण गर्न  उनले समर्थन जनाएका हुन् । उनले भने,“मिडिया काउन्सिलको सट्टा आमसञ्चार परिषद् राख्नु उपयुक्त हुन्छ ।”

सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको समेत उपस्थिति रहेको बैठकका सहभागीले विधेयकको नाम नेपाली हुनुपर्ने माग गरेकी थिइन् । 

सचिव अर्यालले ‘मिडिया काउन्सिल’ प्रचलित रहेकाले यो असान्दर्भिक नहुने बताइन् । यद्यपि उनले नेपाली नामप्रति असहमति जनाइन् । 

समितिका सभापति जयन्तीदेवी राईले नेपाली भाषाको संरक्षण गर्ने उद्देश्यले सांसदहरुले विधेयकको नाम आमसञ्चार परिषद् राख्नुपर्नेमा सबै सदस्यले जोड दिएका सुनाइन् । 

त्यसअघि सांसद मदनकुमारी शाह(गरिमा) ले नेपाली भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विधेयकको नाम नेपाली नै हुनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । 

समितिका सदस्यहरू बेदुराम भुसाल, गङ्गाकुमारी बेलबासे, सुमित्रा बिसी, सुरेश आलेमगर, युवराज शर्माले विधेयकको नाम नेपालीमा  राख्नुपर्ने बताएका थिए भने अर्का सदस्य कृष्णप्रसाद सिटौलाले मिडिया काउन्सिल पदावली विश्वभर स्थापित प्रचलित भएकाले त्यो पनि अमान्य नहुने तर्क गरे । 

समितिका अर्का सदस्य नारायणदत्त भट्टले मिडिया काउन्सिल पनि मान्य हुने बताएका थिए । विधेयकमा काउन्सिलको सिफारिस समिति छनोट, अध्यक्ष छनोट, उपभोक्ता सङ्ख्या, उमेरको हदबन्दीलगायत विषयमा सबैको एउटै मत छैन । 

ताजा खबर

सम्बन्धित खबर