
काठमाडौं : चलचित्र ‘लालीबजार’ रिलिजको बाटो खुलेको छ । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएसँगै ‘लालीबजार’ रिलिजको बाटो खुलेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको आदेश दिएको हो ।
चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपाली वादीले रिट दायर गरेपछि अदालतले गत १५ गते चलचित्र प्रदर्शन रोक्न आदेश जारी गर्दै वादी र प्रतिवादी दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलाएको थियो ।
अदालतको आदेशपछि १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन रोकिएको थियो ।