
काठमाडौं : नृत्य निर्देशक संघ नेपालले नववर्ष २०८३ को अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघको तेस्रो केन्द्रीय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा ९४ वर्षीय नृत्य शिरोमणि भैरवबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशकहरू कमल राई, राजु शाह, आरसी कोइराला, जोगेन्द्र केसी तथा चन्द्रमान मुनिकार लाई संघको केन्द्रीय सल्लाहकारमा चयन गरिएको घोषणा गरिएको थियो ।

संघको नयाँ कार्यसमिति अध्यक्षमा भुवनदास श्रेष्ठ रहेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा शम्भु शाही, उपाध्यक्षमा केशव कोइराला, महिला उपाध्यक्षमा शारदा सोती शर्मा, महासचिवमा ऋषिकेश श्रेष्ठ, सचिवमा कृष्ण रसाल, कोषाध्यक्षमा संगीता शाही खड्की तथा सह–कोषाध्यक्षमा चूडामणि फुँयाल चयन भएका छन् ।
कार्यक्रममा सदस्यहरू अजयकुमार विष्ट, बाबु सेञ्चुरी, देवराज गुरुङ, छिरिङ लामा, विजय घिसिङ, पिंकी खड्का, दीपक श्रेष्ठ, पूर्णिमा श्रेष्ठ तथा अनिता रञ्जितकारलाई परिचयपत्र वितरण गरिएको थियो ।
यस अवसरमा संघअन्तर्गत रहेका विभिन्न प्रदेश, जिल्ला तथा नगर कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने संस्थापक कार्यसमितिका सदस्यहरूलाई सम्मानसमेत गरिएको जनाइएको छ । आजीवन सदस्य भवानी कोइरालालाई पनि परिचयपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमकै क्रममा संघले प्रकाशन गरेको 'डिडान भित्तेपात्रो–२०८३'को विमोचन गरिएको थियो । साथै नयाँ सदस्यका रूपमा दीपक श्रेष्ठ, पूर्णिमा श्रेष्ठ, अनिता रञ्जितकार तथा लोकेन्द्र शाह लाई मनोनयन गरिएको संघले जनाएको छ ।
