– चेतनाथ दाहाल
(१)
साहित्यले गाउँ अनी शहर छुन सकोस्
विपन्न र दिनदुखीका रहर छुन सकोस्
मेचीकाली समेटेर शब्द माला उन्दै
नदीनाला झरनाको लहर छुन सकोस् ।।
(२)
बालबालिकालाई प्रेरणा दिन काम लागोस्
बृद्ध बृद्धाले सुन्दा नि हृदयमा घाम लागोस्
युवा युवतीलाई उर्जा मिलोस् हाम्रो सिर्जनाले
तर दुष्मनलाई भने दुख्ने गरी डाम लागोस् ।।
(३)
धेरै भयो ढिकीजाँतो मानी नदेखेको
ठेकी, नेती, घुर्रो र मदानी नदेखेको
हर्पेभित्र मग्मगाउने मिठो घिउ अनी
तामे गाग्री भरि भरि पानी नदेखेको ।।
(४)
हल्लुड, जोतारो, हलो र जुवा पनि बिरानो भए
पाटी, पौवा, फलैंचा र कुवा पनि बिरानो भए
सुन्य हुदै जादाखेरी गाउँबस्ती आजभोलि
कुराउनी, ढकने र पुवा पनि बिरानो भए ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies