२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

चर्चित गायक दीपक लिम्बू कतार आइपुगे : आज साँझ भव्य सांगीतिक धमाका हुने

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख २५ गते ११:३७
Shares
चर्चित गायक दीपक लिम्बू कतार आइपुगे : आज साँझ भव्य सांगीतिक धमाका हुने

दोहा, कतार : नेपाली सुगम संगीत र पार्श्व गायनका नक्षत्र, पहिलो ‘नेपाली तारा’ दीपक लिम्बू सांगीतिक कार्यक्रमका लागि कतार आइपुगेका छन् । आज शुक्रवार साँझ हुने "दीपक लिम्बू लाइभ इन दोहा"  कार्यक्रममा सांगीतिक प्रस्तुति दिन हिजो बिहीबार साँझ लिम्बू कतार आइपुगेका हुन । 

ncell

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि कार्यक्रम संयोजक रोशन अर्याल, चर्चित सोसियल मिडिया इन्फ्लुएन्सर लक्ष्मी दर्नाल, श्याम पाण्डे, राजकुमार पासवान, मध्यान्हकर्मी तथा अन्य सामाजिक व्यक्तित्वहरू पुगेका थिए । खादा माला सहित स्वागत गर्न पुगेका प्रशंसक र शुभचिन्तकहरूको टोलीले कतारमा लिम्बुको आगमनले नेपाली समुदायमा उत्साह थपेको बताएका छन् ।

विमानस्थलमा मध्यान्हकर्मीसँग कुरा गर्दै गायक लिम्बूले तेस्रो पटक कतार आउन पाएकोमा खुसी व्यक्त गरे । "कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मायाले मलाई तेस्रो पटक यहाँसम्म डोर्‍याएको छ । म धेरै उत्साहित छु र शुक्रवारको साँझलाई अविस्मरणीय बनाउन पूर्ण तयारीका साथ आएको छु ।" उनले खुसी साटे ।

भोलि शुक्रवार कतारको सार्वजनिक बिदाको अवसर पारेर दोहाको टोयोटा सिङ्गल नजिकै रहेको स्ट्राटो होटेलमा अवस्थित इन्फिनिटी क्लबमा कार्यक्रम सम्पन्न हुँदैछ । साँझ ठिक ६ बजेदेखि राति १० बजेसम्म चल्ने कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क लाग्ने आयोजकले जनाएको छ । टिकटसम्बन्धी थप जानकारीका लागि कार्यक्रम संयोजक रोशन अर्याललाई ७०६६५६४४/५२०७४५८२ सम्पर्क गर्न सकिन्छ ।  

कार्य व्यस्तता र हप्ताभरिको कामको थकाइलाई बिर्सेर नेपाली कला र गलाको स्वाद लिन चाहने सम्पूर्ण कतारवासी नेपालीहरूका लागि यो शुक्रवार विशेष हुने निश्चित छ । कार्यक्रममा लिम्बूले आफ्ना चर्चित गीतहरूमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् । गायक लिम्बूका मुटु जलिरहेछ, बिर्सूँ भन्छु, कहाँ छ र सुखको गाउँ, गौँथली, झिमिक्क गाजलु आँखैले, तिम्रो यादमा कति आँसु, को हौ तिमी, मैले त्यही भएर मन पराको लगायतका गीतहरू हिट छन् ।
 

ताजा खबर

सम्बन्धित खबर