२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

त्रियुगालाई स्थानीय सञ्चार नीति बनाउन आग्रह

Nada
बिन्द्र राई
२०८३ वैशाख २९ गते २१:०८
Shares
त्रियुगालाई स्थानीय सञ्चार नीति बनाउन आग्रह

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकालाई स्थानीय सूचना तथा सञ्चार नीति निर्माण गर्न आग्रह गर्दै नेपाल पत्रकार महासंघ उदयपुर शाखाले ज्ञापनपत्र बुझाएको छ ।

ncell

महासंघका अध्यक्ष भक्तिबिलास पोखरेल को नेतृत्वमा गएको पत्रकार टोलीले सोमबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू स्याम राई, ईश्वर तामाङ, महेश्वर चाम्लिङ लगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा महासंघका उपाध्यक्ष बिश्वराज तामाङ ले प्रस्तावित सूचना तथा सञ्चार नीतिको विषयवस्तुबारे जानकारी प्रस्तुत गरेका थिए ।

नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला ले नगरपालिकाले आवश्यक छलफलपछि नीति पारित गर्ने र स्थानीय सञ्चार माध्यमलाई लोककल्याणकारी सूचना तथा विज्ञापन उपलब्ध गराउने विषयमा सकारात्मक रहेको बताएका छन् । 

छलफलका क्रममा नगर प्रमुख बस्नेतले स्थानीय सञ्चार माध्यमले नगरका सकारात्मक गतिविधि जनतासमक्ष पुर्‍याउनुपर्ने बताए । उपप्रमुख राईले भने सञ्चार माध्यमले खबरदारीको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गरिन् । 

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षसँग बुझेर तथ्यमा आधारित रिपोर्टिङ गर्न आग्रह गरे । 

महासंघ अध्यक्ष पोखरेलले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गर्दै सञ्चार नीति निर्माण र पत्रकारहरूको वृत्ति विकासका लागि काम अघि बढाइएको जानकारी दिए ।

सम्बन्धित खबर