२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : क्याप्टेन अरुण मल्ल र ४ विदेशी सवार

Nada
२०८१ साउन २३ गते १५:०९
Shares
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : क्याप्टेन अरुण मल्ल र ४ विदेशी सवार

काठमाडौं : रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनामा परेको छ । नुवाकोटको शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।

ncell

हेलिकप्टरमा ४ जना विदेशी र एक जना क्याप्टेन गरी ५ जना सवार रहेका थिए । ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने तालिका थियो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर