२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी

Nada
२०८१ साउन २३ गते १५:३७
Shares
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

ncell

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका थिए ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।

ताजा खबर

सम्बन्धित खबर