२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

बंगलादेशमा हिन्दुहरुमाथिकाे हिंसात्मक घटना मानव अधिकारविरुद्धकाे घटना हाे : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय

shivam cement
मध्यान्ह
२०८१ साउन २३ गते १६:५९
बंगलादेशमा हिन्दुहरुमाथिकाे हिंसात्मक घटना मानव अधिकारविरुद्धकाे घटना हाे : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय

काठमाडौं : बंगलादेशमा भइरहेकाे हिन्दुहरुमाथिकाे आक्रमणप्रति विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ अन्तर्राष्ट्रियकी अध्यक्ष अस्मिता भण्डारीद्वारा जारी  विज्ञप्तिमा भनिएको छ, 'आरक्षण व्यवस्थाकाे विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गर्दै बगंलादेशका  हिन्दु समुदायमाथि गरेको हिंसात्मक गतिविधि अत्यन्तै निन्दनीय र बर्बरतापूर्ण रहेको उक्त घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।'

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाेडेपछि हाल घटनाले उग्ररुप लिइरहेको छ । विज्ञप्तिमा भनिएको छ, 'हिन्दु मठ, मन्दिर, पसल र घरहरुमा आक्रमण गरिएको खबरले संसारभरिका हिन्दुहरु दुखित हुन पुगेका छन् ।  करिब सवा कराेड हिन्दुविरुद्धकाे याे हमला  बंगलादेशी हिन्दुहरुमाथिकाे मानव अधिकारविरुद्धकाे हमला हाे । तसर्थ बंगलादेशका निर्दाेष हिन्दु समुदायमाथिकाे अन्यायका विरुद्ध संसारभरिका सम्पूर्ण हिन्दु ॐकार परिवार एक जुट भइ आवाज उठाउन अनुरोध गर्दै अल्पसंख्यक जनताको संरक्षणका लागि संबेदनसिल हुन बंगलादेश सरकारकाे ध्यानाकर्षण गराउँदछाैं ।'

बंगलादेशका हिन्दुहरु माथि विगतमा पनि हिंसात्मक गतिविधि भई रहेको स्मरण गर्दै महासंघकी अध्यक्ष अस्मिता भण्डारीले भनिन्, 'धर्म मान्न पाउनु मानिसकाे नैसर्गिक अधिकार हाे, अल्पसंख्यामा रहेका  हिन्दु धर्मावलम्बी बंगलादेशी नागरिकहरु माथि धेरै ठूलो अत्याचार भइरहेको छ । उनीहरु माथीकाे याे मानव अधिकार बिरुद्धकाे गम्भीर घटना हाे । हिन्दुहरुका लागि नेपाल सरकार र भारत सरकार पनि उदार हुन जरुरी छ  । ज्यान जाेगाउनका निम्ति नेपाल र भारत दुवै देशमा आउन चाहाने बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरुलाई शरण दिनुपर्छ ।'

ADV

सम्बन्धित खबर

Advertise