२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

Nada
२०८१ साउन २३ गते १८:३१
Shares
पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

जुम्लाः अविरल वर्षासँगै हिजो राति पहिराले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । 

ncell

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

गगनेखोला र कालेखोलालगायत स्थापनामा साना ठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । गगनेखोलामा सडक साँघुरो रहेकाले ठूला मालवाहक ट्रकलाई पास हुन गाह्रो हुने देखिएकाले ब्रेकर लगाएर खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको हो । 
 

ताजा खबर

सम्बन्धित खबर