२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष पौडेललाई एकैदिन चार संस्थाको सम्मान तथा बिदाइ

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन २३ गते २१:५४
गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष पौडेललाई एकैदिन चार संस्थाको सम्मान तथा बिदाइ

दोहा, कतार : कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले वर्तमान कार्यसमितिका अध्यक्ष सागर पौडेललाई संस्थागत रूपमा कतारबाट बिदाइ गरेको छ । 

आफ्नो कतारको करिब २ दशक लामो बसाइँलाई टुंग्याएर नेपाल फर्कन लागेका पौडेललाई मगंलबार भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्दै सम्मान पत्र, मायाको चिनोसहित दोसल्ला ओढाएर बिदाइ गरिएको हो ।

जैमिनी कुश्मीशेरा १ बागलुङमा जन्मिएका पौडेल रोजगारीका सिलसिलामा कतारमा रहँदा विभिन्न संघ संस्थामा आबद्ध रहेका थिए ।

पौडेल पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोष र मोना कतार बहुउद्देश्यीय अक्षयकोषका आजीवन सदस्य हुन् । 

पौडेललाई दुवै अक्षयकोषले आजीवन सदस्यता प्रदान गर्दै बिदाइ गरेका छन् । त्यस्तै  मंगलबार साँझ नै उनी पदीय सल्लाहकार रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारले  पनि सम्मानसहित बिदाइ गरेको छ ।

कार्यक्रम परिषद् कतारका कार्यवाहक अध्यक्ष अजय विकको सभापतित्व तथा संस्थापक अध्यक्ष आस बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्रदेश मातहतका जिल्ला संस्था प्रमुख तथा प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले पौडेलको मुक्तकण्ठले प्रशंसा गर्दै उनको सरल शैली र मिजासिलो पनको खुलेर तारिफ गरेका थिए । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले पौडेल प्रदेशसँग स्थापना कालदेखि नै जोडिएको र अन्य संघसंस्था तथा प्रदेशका नेतृत्वकर्ता भन्दा फरक रूपमा संस्था सञ्चालन गरेको भन्दै प्रशंसा गरेका थिए ।

आफ्नो मन्तव्य राख्ने क्रममा पौडेलले सुरुमा नेपाल फर्कने भन्दा निकै हर्ष लागेपनी वास्तवमै दिन नजिकिँदै गर्दा मनमा अमिलोपन बढेको बताए । 

उनले नेपाल आफ्नो जन्मभूमी भएपनि दुई दशक भन्दा बढी कतारमा बिताएका कारण कतारलाई कुनैपनि अवस्थामा बिर्सन नसक्ने बताए । 

उनले आफू नेपालमा रहँदा आफ्नो आवश्यकता महसुस गरेमा संस्थाले जिम्मेवारी प्रदान गरेमा ती जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आफूले प्रदेशको नेतृत्वमा रहँदा गरिएका सबै कार्यक्रमहरू प्रदेश मातहतका जिल्लाको साथ सहयोगले सम्भव भएको बताउँदै उनले आफ्नो १८ महिने लामो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । 

परिषद्का उपाध्यक्ष बिक्की वि.कले स्वागत, महासचिव कल्याण थापाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति वि.कले निवर्तमान अध्यक्षका कार्यकालमा सुरुवात भएका राम्रा कामलाई निरन्तरता दिँदै थप रचनात्मक कार्य गरिने बताए ।

कार्यवाहक अध्यक्षमा नन्दलाल वि.क

गण्डकी प्रदेश समन्वय परिषद्को वर्तमान कार्यसमितिको मंगलबार साँझ बसेको पूर्ण बैठकले वरिष्ठ उपाध्यक्ष नन्दलाल वि.क (अजयलाई)  परिषद्को का.वा. अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । 

६ महिना मात्र कार्यकाल बाँकी रहँदै गर्दा परिषद्का अध्यक्ष सागर पौडेल नेपाल फर्कने निश्चित भएसँगै विकलाई जिम्मेवारी दिइएको महासचिव कल्याण थापाले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए । उनका अनुसार अबको ६ महिनाभित्र परिषद्को चौथो साधारण सभा समेत गरिने भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise