२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना : महानिर्देशक अधिकारी

ADV
मध्यान्ह
२०८१ साउन २४ गते १२:४६
बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना : महानिर्देशक अधिकारी

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको बताएको छ ।

बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो प्रतिक्रिया दिएका हुन् ।

सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनले बताए ।

महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दाबी गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise