२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

ADV
मध्यान्ह
२०८१ साउन २४ गते १२:५१
भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ : भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाइ हुँदैछ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्माको पूर्ण इजलासमा उक्त रिटमा सुनुवाइ तोकिएको हो ।

पूर्व सचिव सूर्यनाथ उपाध्यायले वारेसमार्फत २०८० माघ १५ गते  रिट दायर गरेका थिए । रिट निवेदनमा २०८० पुस १९ गते नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधानको प्रतिकूल तथा देशको हितविपरीत रहेको जिकिर गरिएको छ ।

सन्धि ऐन, २०४७ को दफा ३ अन्तर्गत पूर्णाधिकार प्राप्त नगरी सम्पन्न गरिएको सन्धि उत्प्रेषणको आदेशले बदर गर्न पनि रिट निवेदनमा माग गरिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले २०८० माघ १६ गते रिट निवेदनको पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

२०८० फागुन १३ गते न्यायाधीशद्वय डा. कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलासमा पेस हुने आदेश दिएको थियो ।

न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले सो मुद्दा ‘हेर्दाहेर्दै’ राख्दै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise