२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारमा आजदेखि नेपाली चलचित्र ‘रोल नं १’ प्रदर्शनमा

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ १४ गते १७:४०
Shares
कतारमा आजदेखि नेपाली चलचित्र ‘रोल नं १’ प्रदर्शनमा

दोहा, कतार : नेपाली चलचित्र क्षेत्रमा निकै उत्सुकताका साथ पर्खिएको सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘रोल नं १’ आजदेखि कतारका प्रमुख चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ । कतारमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै यो चलचित्र एसियन टाउन, सिटी सेन्टर र अलखोर जस्ता व्यस्त तथा लोकप्रिय सिनेमा हलहरूमा एकसाथ प्रदर्शन गरिएको हो ।

ncell

कतारसँगै यो चलचित्र मिडिल इस्टका अन्य देशहरू युएई र बहराइनमा पनि आजैदेखि रिलिज भएको छ । ऐतिहासिक रूपमा सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण टोली सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यस चलचित्रलाई निर्देशक जोन योञ्जनले निर्देशन गरेका हुन् । चलचित्रले विशेष गरी ग्रामीण भेगको एउटा परिवारले आफ्नो बच्चालाई अब्बल दर्जाको शिक्षा दिलाउन गर्ने संघर्ष, बाल मनोविज्ञान र विद्यालय तहको शिक्षा प्रणालीले बालबालिकामा पार्ने प्रभावको कथालाई पर्दामा उतारेको छ । पोस्टरमा मुख्य भूमिकामा रहेका बाल कलाकार र अभिभावकको भूमिकामा देखिएका पात्रहरूको भावुक प्रस्तुतिले चलचित्र उत्कृष्ट बनेको संकेत गर्दछ ।

यस चलचित्रलाई विनोद पौडेल र जानबी पौडेलले निर्माण गरेका हुन् भने सह-निर्माताका रूपमा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । मध्यपूर्वको देश दुबईमा रहेका कृष्ण भट्टराई र हरि मोक्तानले सञ्चालन गरिरहेको साथीभाइ इन्टरटेनमेन्टले मिडिल इस्ट क्षेत्रका लागि वितरणको जिम्मेवारी लिएको हो l

ताजा खबर

सम्बन्धित खबर