२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

१० जना नेपाली हज तीर्थयात्री साउदी राजाको निमन्त्रणामा मक्का प्रस्थान

ADV
मध्यान्ह
२०८१ जेठ २६ गते १७:१३
१० जना नेपाली हज तीर्थयात्री साउदी राजाको निमन्त्रणामा मक्का प्रस्थान

काठमाडौं : १० जना नेपाली हज तीर्थयात्री साउदी राजा सलमान बिन अब्दुलअजिजको निमन्त्रणामा मक्का प्रस्थान गरेका छन् । नेपालका लागि साउदी अरबका राजदूत साद बिन नासेर अबु हैमदले यस हिजरी वर्ष १४४५ को हजका लागि साउदी राजा सलमानको विशिष्ट अतिथिको रूपमा १० जना नेपाली हाजीलाई बिदाइ गरे ।

साउदीमा इस्लामिक मामिला मन्त्रालयले आयोजना गरेको यस वर्षका लागि ८८ देशका कुल २ हजार ३ सय जनामध्ये नेपालबाट १० जनालाई साउदी राजाले अनुमोदन गरेका थिए ।

राजदूत अबु हैमदले साउदी अरबले दुई पवित्र मस्जिदका संरक्षक र युवराजको निर्देशनमा हज तीर्थयात्रीहरुलाई हज अनुष्ठानलाई सहजता प्रदान गर्न र उच्च गुणस्तरको साथ उत्तम र उत्कृष्ट सेवाहरू प्रदान गर्दै पूर्ण हेरचाह गरेको जानकारी दिए ।

हज तीर्थयात्रीहरुले उत्कृष्ट सेवाका लागि दुई पवित्र मस्जिदका संरक्षकलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरे । सो अवसरमा नेपालस्थित साउदी दूतावासका सदस्यहरु तथा मुस्लिम आयोगका सदस्यहरुको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise