२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका सहायक लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८१ साउन २४ गते १४:२६
Shares
विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका सहायक लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका सहायक लेखापाल सुधिर कुमार चतुर्वेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा अख्तियारले चतुर्वेदीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ncell

चतुर्वेदी २०६६ कात्तिक ९ मा सेवा प्रवेश गरेका थिए । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र, रुपन्देहीमा क्लर्क (लेखा तह–घ) पदमा पदस्थापन भएका चर्तुर्वेदी त्यसपछि बढुवा भइ सहायक लेखापाल बनेका थिए ।

सेवा प्रवेश गर्दा चर्तुर्वेदीले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कूल) तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांक पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (विहार) बाट जारी आचरण प्रमाणपत्रलगायत शैक्षिक योग्यताका कागजात पेस गरेका थिए ।

अनुसन्धानका क्रममा उनले पेस गरेका सबै कागजातहरु नक्कली भएको भेटिएको अख्तियारले बताएको छ ।

झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेस गरी हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकाले चतुर्वेदीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर