२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

असमान नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन २४ गते १४:३५
Shares
असमान नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहट : असमान नेपाल रौतहट, ब्रिटिस काउन्सिल र भि.एस.ओ.द्वारा रौतहटको गढीमाई नगरपालिका तथा गौर नगरपालिकामा सञ्चालित साझेदारी जेम्स परियोजनाअन्तर्गत रि-भ्यु एण्ड प्लानिङ वर्कसपबारे अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम गढीमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै गरिएको थियो ।

ncell

गढीमाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मेयर श्याम प्रसाद यादवले असमान नेपालको पहलमा भइरहेको कार्यक्रम आमनागरिकका लागि महत्वपूर्ण रहेको बताउँदै नगरपालिकाले पनि सहयोग गर्ने बताए ।

यस्तै गौर नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपमेयर शैल कुमारी साहले "स्वास्थ्य नै धन हो" भन्ने मुख्य विषयबारे चर्चा गर्दै नगरपालिकामा प्रस्तावित जेम्स परियोजनालाई उपलब्धिमुलुक बनाउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख संयोजक सञ्जय कुमार यादव, गौर नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु रजक, गढीमाई नगरपालिकाका स्वास्थ्य सहजकर्ता सुरज सहनी, सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता चान्द कुमारी, जेवाईसीका कौशल साह, भिएसओका नेशनल भोलियन्टर आरती पटेल तथा गढीमाई नगरपालिका र गौर नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर