२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन

Nada
२०८१ साउन २४ गते १५:१७
Shares
हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन

काठमाडौँ : संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए-नभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । 

ncell

साथै समितिले १५ दिनभित्र छानबिन गरी कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ । 

संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।

बैठकले २०८० साल पुस ५ गते हवाई सुरक्षाबारे सरकारलाई समितिले दिएको निर्देशन कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि स्मरण गराएको छ । 

यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल अध्ययन अनुसन्धानमुलक प्रतिवेदनहरुको अवस्थाको जानकारी यथाशीघ्र गराउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर