२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जुम्लामा तीन वर्षमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ साउन २४ गते १६:१५
जुम्लामा तीन वर्षमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु

जुम्ला, २४ साउन : जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८-७९ मा ३१, आव २०७९-८० मा २५ तथा आव  २०८०-८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए । तीन वर्षमा ६ ट्रक, चार  बस, १६  जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए । ती सवारीसाधन दुर्घटना  हुँदा  ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक धामीले बताए । 

तीव्र गतिका कारणले सवारीसाधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन,  चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ । जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक  ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise