२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कमला पुल पुनःनिर्माणका लागि दबाब दिन र्‍याली

ADV
राम पुकार यादव
२०८१ साउन २४ गते १७:२०
कमला पुल पुनःनिर्माणका लागि दबाब दिन र्‍याली

सिरहा : हुलाकी सडकअन्तर्गत नयाँ कमला पुल पुनःनिर्माण कार्यका लागि सिरहामा दबाबमुलक र्‍याली कार्यक्रम गरिएको छ । नेपालको सबभन्दा पुरानो राजमार्गको रुपमा रहेको हुलाकी सडकअन्तर्गत कमला पुल पुनःनिर्माणमा ढिलाइ भएपछि सिरहास्थित नागरिक समाजको अगुवाइमा र्‍याली कार्यक्रम गरिएको हो ।

करिब १३ वर्षअघि निर्माण भएर उद्घाटनको तयारी गरिएको वेला कमलामा आएको बाढीले पुल भासिएको थियो । उक्त पुल अझै पुनःनिर्माण नभएको हो ।

प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ । सोही कारण बाध्य भएर पुनःनिर्माणको कार्य शुरु गर्नका लागि दबाब दिन र्‍याली गरिएको नागरिक समाजले जनाएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रमोद कुमार यादव, वरिष्ठ पत्रकार देव कुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विनोद कुमार कामती, नागरिक समाजका अगुवा नेता कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise