२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णालीमा पहिलो पटक ‘कर्णाली युवा जागरण’ कार्यक्रम हुँदै

ADV
कुलेन्द्र शाही
२०८१ साउन २४ गते १८:०८
कर्णालीमा पहिलो पटक ‘कर्णाली युवा जागरण’ कार्यक्रम हुँदै

सुर्खेत : कर्णालीमा पहिलो पटक कर्णाली युवा जागरण कार्यक्रम आयोजना गर्न लागिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दृष्टि नेपालको आयोजनामा कर्णालीका १० वटै जिल्लाका युवाको प्रतिनिधित्व हुने गरी शुक्रबार वीरेन्द्रनगरमा कार्यक्रम गर्न लागिएको हो । बिहीबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जलवायु परिवर्तन र यसको न्यूनीकरण सम्बन्धी विषय विज्ञहरूसँग छलफल गरिने जनाइएको छ ।

जलवायु परिवर्तनको अवस्था, कर्णालीमा यसको प्रभाव, मानव स्वास्थ्यमा परेका असरका बारेमा गहन छलफल गरिने दृष्टि नेपालका अध्यक्ष जीवराज केसीले बताए । कार्यक्रममार्फत युवालाई उद्यमसँग जोडन तीनै तहका सरकारले गरेका पहल, नीतिगत व्यवस्था र तिनको कार्यान्वयनमा युवाको भूमिका बारे छलफल गरिने उनले बताए ।

कर्णालीका १० वटै जिल्लाका युवा सँग एकसाथ जोडिने माध्यम बनाई कला सांस्कृतिक र प्राकृतिक सम्पदाको जगेर्नाको महत्त्व बारे जानकारीसहित युवाको प्रतिबद्धता गराउने लक्ष्य राखिएको अध्यक्ष केसीले बताए । कार्यक्रम सिद्धार्थ सहकारीको सभा हलमा बिहान १० बजेबाट शुरु हुनेछ ।

कार्यक्रममा प्रमुख वक्ताहरू कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. सुदीप ठकुरी, डाक्टर नवराज केसीलगायत रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रदेशभरबाट एक सय ५० जना युवाहरूको सहभागिता रहनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise