२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो

ADV
भरत प्रधान
२०८१ साउन २४ गते २०:५५
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो

लिस्बन : पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’मा राहदानी बनाउने सेवाग्राही नेपालीको घुइँचो लागेको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलको लिस्बनस्थित कार्यालयमा सञ्चालित शिविरमा दैनिक करिब चार सयको हाराहारीमा नेपाली सेवाग्राहीकोे भीड हुने गरेको छ । गत शुक्रबारबाट शुरु भएको शिविरमा राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले सेवा प्रदान गरेको छ ।

शिविरमा बुधबारसम्म दुई हजारभन्दा बढीको विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको टोलीले जनाएको छ । सेवाग्राहीको चाप र राहदानी बनाउनेको संख्या धेरै देखिएकाले थप एक दिन थपेर अगष्ट १२ तारिकसम्म सेवा दिने तयारी गरिएको टोली प्रमुख एवम् विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिए । 

घुम्ती शिविरलाई लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली संघ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise