२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धकाे जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

Nada
२०८१ जेठ २६ गते १८:५०
Shares
गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धकाे जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन् ।

ncell

अठोट नेपाल र उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राखेका हुन् ।

“हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ, तर अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ”, उनले भने ।

यसका लागि नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम पाँच दशमलव दुई बमोजिम प्रक्रिया शुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिए ।

यसरी निजी विमान कम्पनीलाई पनि प्रतिस्पर्धा गराएर सेवा शुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडान बढाउन सकिने उनले विश्वास व्यक्त गरे ।

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नुपर्ने, व्यवसायीहरुलाई उत्साहित बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले अब यसमा सरकारले काम गरिरहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर