२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखबीच शिष्टाचार भेट

ADV
मध्यान्ह
२०८१ जेठ २६ गते १९:१२
लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखबीच शिष्टाचार भेट

सुर्खेत : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच शनिबार सुर्खेतको वीरेन्द्रनगरमा शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबीच थप सम्बन्ध विस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न उक्त भेटघाटले बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

साे अवसरमा लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

यस्तै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए । भेटघाटमा कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई आफूले लेखेको पुस्तक हस्तान्तरण गरेका थिए भने लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

साे अवसरमा कार्यालयका अधिकारी, कर्मचारी तथा सचिवालयको टोलीको समेत सहभागिता रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise