२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कविता : मेरो मातृभूमि र म सिपाही !

Nada
खिमराज गिरी
२०८३ जेठ २३ गते ०६:००
Shares
कविता : मेरो मातृभूमि र म सिपाही !

हिमालझैं अटल अमर बनी देशको अस्तित्व जोगाउन उभिएको छु,
मेचीदेखि महाकालीसम्म माटोको माया हृदयमा सधैं बोकेको छु,
स्वाधीनताको दीप कहिल्यै निभ्न नदिने प्रण लिएको छु,
राष्ट्रको सम्मानका लागि जीवन नै अर्पण गरेको छु ।

ncell

पुर्खाको रगतले सिँचेको वीरताको कहानी सम्झेको छु,
त्याग र बलिदानको इतिहास मनभित्र सधैं राखेको छु,
गोर्खाली साहसको गौरव विश्वमा फैलिएको छ,
त्यही बाटो पछ्याउँदै अघि बढ्ने वाचा गरेको छु ।

विदेशी प्रभुत्व कहिल्यै हाम्रो भूमिमा हावी हुन दिन्नँ,
स्वाभिमानको उज्यालो दीप कहिल्यै म निभ्न दिन्नँ,
भाषा, भूमि र देशको पहिचान जोगाउने अठोट लिएको छु,
आवश्यक परे जीवन पनि राष्ट्रलाई दिन तयार छु ।

पश्चिमा सांस्कृतिक साम्राज्यवाद यहाँ लादिन दिन्नँ,
आफ्नो मौलिकता र संस्कार मेटिन कहिल्यै दिन्नँ,
भाषा, भेष र परम्परा सधैँ जोगाउने कसम खाएको छु,
नेपालको स्वाभिमान र पहिचान बचाउने बाटो रोजेको छु ।

सद्भाव र एकताको सन्देश सबैमा फैलाउने छु,
मानवताको मार्गमा सधैँ अघि बढ्नेछु,
शान्ति र सहअस्तित्वको बाटो रोजेर हिँड्नेछु,
म मातृभूमिको सिपाही सधैं राष्ट्रप्रति समर्पित रहनेछु ।

सम्बन्धित खबर